१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता


प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलावीच भेटवार्ता भएको छ । आज विहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

आज प्रधानमन्त्री ओली र श्रृंगलावीच भएको भेटमा दुई देशबीच आपसी हित प्रवर्द्धनका विषयमा कुराकानी हुने बताइएको छ । प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि हर्षवर्द्धनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ ।

आज बिहीबार काठमाडौं आएपछि उनी निरन्तर भेटघाटमा व्यस्त रहेका छन् । उनले परराष्ट्र सचिव स्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका छन् । उनी भोलि शुक्रबार गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम तय भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !