२४ बैशाख २०८१, सोमबार

एमाले – माओवादी बैठकः प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन


communist party meeting

२५ पुस, काठमाण्डौ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले राष्ट्रियसभा र प्रदेश सरकार गठनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । तर, एकतापछि सरकार र पार्टीको नेतृत्व लगायतका विषयमा कुनै सहमति भएको छैन । प्रदेश र प्रतिनिधिसभा चुनावपछि एमाले र माओवादीको एकता संयोजन समितिको बस्न सकेका थिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासम बालकोटमा मंगलबार बसेको तीन घन्टा भन्दा बढी चलेको थियो ।

बैठकले प्रदेश सरकार, राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे र माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् । बैठकमा पार्टीको बैचारिक-राजनीतिक र संगठनबारे गृहकार्य गर्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको छ । कार्यदल गठन भने भएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !