१४ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्ती माग्दै डा. केसी १४ औं अनशन बस्दै


doctor kesi

२४ पुस काठमाण्डौ । चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई सर्वोच्च अदालतले बहाली गर्न दिएको निर्णयविरुद्ध डा. गोविन्द केसी फेरि अनसनमा बसेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी प्रमुख माग राखेर डा. केसी सोमबार दिउँसो पत्रकार सम्मेबलन गर्दै अनसनको घोषणा गरेका हुन् ।

‘माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन बसेको छु,’ डा. केसीले भने । आइतबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले डा. शशि शर्मालाई पुनर्स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि आक्रोसित डा. केसी चौधौं पटक अनसन बसेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !