२६ बैशाख २०८१, बुधबार

नेपाललाई विकसित र सभ्य बनाउने दहालको प्रतिबद्धता


prachanda

२१ पुस, चितवन ।  नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज उद्घाटन गर्दै दाहालले नेपाललाई संसारले हेर्नैपर्ने देश बनाउनु पर्नेमा जोड दिए ।

दाहालले राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताए । नेपालमा नयाँ संविधान निर्माण गरी स्थानीय तहदेखि प्रदेश हुँदै संघ समेतको निर्वाचन सम्पन्न भएकाले राजनीतिक रुपमा ऐतिहासिक परिवर्तन भयो अब मुलुक आर्थिक समृद्धितर्फ जानुपर्ने  दाहालले बताए ।

दहालले चितवन उद्योग संघको १८ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज उद्घाटन गर्दै भने, ‘हामीले अब विकास निर्माणलाई गति दिन सकेनौँ भने राजनीतिक नेतृत्वको यो पार्टी, त्यो पार्टी, यो नेता त्यो नेताको मात्रै असफलता हुँदैन, सिँगै नेपाल असफल हुन्छ । त्यतिबेला नेपाल अहिलेसम्मकै सबैभन्दा अप्ठ्यारो स्थितिमा जानेछ ।’

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद समेत रहनु भएका दहालले चितवन जिल्ला नेपालको आर्थिक विकासको राजधानी हुने बताए । आर्थिक विकाससँग जोडिएको हुनाले चितवनको भविष्य र चितवनले खेल्नुपर्ने भूमिका सिँगै नेपालको आर्थिक विकासको निम्ति अग्रणी भएको उनले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !