२० बैशाख २०८१, बिहिबार

प्रदेश राजधानी माग्दै रुपन्देहीमा चक्काजाम 


butol

२० पुस, बुटवल ।  रुपन्देही कांग्रेसका नेताहरुले प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा हुनुपर्ने माग गर्दै एक घण्टा चक्काजाम गरेको छ । बिहीबार बिहान रुपन्देहीका ३ स्थानमा चक्काजाम भएको हो ।

बुटवलको अस्पताललाइन, मणिग्राम चोक र सैनामैना चोकमा कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले  चक्काजाम गरेको हो । बिहान बिद्यालय जाने र कार्यालय जाने समयमा गरिएको चक्काजामले बिद्यार्थी र कर्मचारी बढी मारमा परेका थिए ।

सरकारले राजधानी रुपन्देही बाहिर लगे जनताले सिंहदरबार घेर्नेछु भन्दै एक आयोजित बिरोधसभामा नेपाली कांग्रेसका क्षेत्रीय सभापती हरि लम्सालले बताए । थप आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई उनले निर्देशन समेत दिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !