२५ बैशाख २०८१, मंगलबार

रत्नपार्कमा प्रहरी र विद्यार्थी बीच झडप


julusdd

१८ पुस, काठमाण्डौ । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै मंगलबार निकालेको ‘मुर्दा जुलुश’ मा झडप भएको छ।

त्रिचन्द्र कलेजबाट सुरुवात भएको जुलुशमा प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो। जुलुशलाई तितरवितर पार्न टियर ग्याँस समेत प्रहार गरेको थियो। प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गर्दा अखिलका केही विद्यार्थी घाइते भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !