८ मंसिर २०८१, शनिबार

नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित


सचिवालय बैठक

काठमाडौँ, असोज १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज आइतवार ४ बजेका लागि बोलाइएको बहुप्रतिक्षित सचिवालय बैठक अनिश्चतकालका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका ३ जना सल्लाहकार, सचिवालयका कर्मचारी र ५ दर्जन बढी सुरक्षाकर्मीमा एकैपटक कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलनमा बसेर सबै भेटघाट बन्द गरेपछि आज आइतबारको पार्टी सचिवालय बैठक स्थगित गरिएको हो ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी ३ देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि सम्वन्धमा चिसो बढेको थियो । पार्टी निर्णय तथा सहमति विपरित प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेता असन्तुष्ट भएका छन् ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेकोले गर्दा अध्यक्ष प्रचण्डको सुझावका आधारमा अध्यक्षद्वयले बैठक डाक्ने सहमति गरेका थिए । अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेका छन् ।

आज बस्ने भनिएको बैठकमा राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठन लगायतका एजेन्डामा छलफल गर्ने योजना थियो । त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना छ । असोज ४ मा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध एजेन्डा थिए ।

असोज ४ गते कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे मात्र छलफल भएको थियो । असोज ६ गते बालुवाटारमा बसेको बैठकमा बैठकले लामो समयदेखि संवैधानिक निकायका रिक्त पदमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको थियो ।

बैठकले १० दिनभित्र बाँकी सांगठनिक एकीकरणको प्रस्ताव बनाउन अयक्षद्वय ओली र दाहालसँगै महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो । महासचिव पौडेलले प्रस्तावमाथि काम गरे पनि अझै टुंगिन नसकेको सकेको छैन । यी सबै विषयमा छलफल गर्ने भनिएको बैठक सरेको हो ।

नेकपामा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने लगायतका काम बाँकी छन् ।

यो पनि पढ्नुहोस्

आज बस्ने नेकपा सचिवालय बैठक स्थगित, भोलि ४ बजे बस्ने

ओली-प्रचण्ड भेटवार्ता सकियो : शनिबार सचिवालय बैठक बोलाउने निर्णय

ओली-प्रचण्ड विवाद, परालको आगो : बालुवाटारमा भेटवार्ता जारी

नेकपामा फेरि किचलो : ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै दाहाल र नेपाल असन्तुष्ट

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

प्रधानमन्त्री ओलीले लोकदर्शनलाई दिए उपहार : रेग्मी भए बेलायतको लागि राजदूत

शंकरदास वैरागीले बाजी मारे मुख्य सचिवको उच्च पद


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !