१३ बैशाख २०८१, बिहिबार

आज बस्ने नेकपा सचिवालय बैठक स्थगित, भोलि ४ बजे बस्ने


नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सी एउटै लहरमा

काठमाडौँ, असोज १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार ४ बजेका लागि बोलाइएको बहुप्रतिक्षित सचिवालय बैठक स्थगित भएको एक नेताले जानकारी दिए । उनका अनुसार बैठक भोलि आइतबार ४ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठक सरेको जानकारी नेताहरुलाई गराएका थिए ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी ३ देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि सम्वन्धमा चिसो बढेको थियो ।

पार्टी निर्णय तथा सहमति विपरित प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेता असन्तुष्ट भएका छन् । अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेकोले गर्दा अध्यक्ष प्रचण्डको सुझावका आधारमा अध्यक्षद्वयले आज बैठक डाक्ने सहमति गरेका थिए ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेका छन् ।

त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना छ । असोज ४ मा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध एजेन्डा थिए ।

यो पनि पढ्नुहोस्

ओली-प्रचण्ड भेटवार्ता सकियो : शनिबार सचिवालय बैठक बोलाउने निर्णय

ओली-प्रचण्ड विवाद, परालको आगो : बालुवाटारमा भेटवार्ता जारी

नेकपामा फेरि किचलो : ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै दाहाल र नेपाल असन्तुष्ट

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

प्रधानमन्त्री ओलीले लोकदर्शनलाई दिए उपहार : रेग्मी भए बेलायतको लागि राजदूत

शंकरदास वैरागीले बाजी मारे मुख्य सचिवको उच्च पद


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !