१५ बैशाख २०८१, शनिबार

पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने


पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक

काठमाडौँ, असोज ५ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय पेरिसडाँडामा आज बस्ने भनिएको सचिवालय बैठक भोलि मंगलबारसम्मका लागि स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२.३० बजे बालुवाटारमा बस्ने भएको छ,’ श्रेष्ठले ट्वीट गरेका छन्।

यसअघि पहिलो पटक आइतबार नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो । हिजो आइतबारको बैठकमा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएकोले गर्दा आज मन्त्रिमण्डल हेरफेरको मापदण्डबारे छलफल गर्ने तय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !