२० बैशाख २०८१, बिहिबार

‘हामी दुवै प्रधानमन्त्री भइसकेका छौं, हामीलाई कुनै लोभ छैन : ओली र प्रचण्ड


kp-oli-prachanda

३ पुस, २०७४ l काठमाडौंको होटल अन्नपूर्णमा आइतबार आयोजित वाम गठबन्धनको पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीच निकट भविष्यमै पार्टी एकता हुने भन्दै अध्यक्ष को बन्ने भन्ने विषय ठूलो नरहेको स्पष्ट पारेका छन्।, ‘पार्टी एकता चाँडै हुन्छ। अध्यक्ष को बन्ने भन्ने विषयमा चाहिँ अध्यक्ष चाहिएको भए म एमालेको अध्यक्ष छँदैछु। प्रचण्डजी माओवादीको अध्यक्ष नै हुनुहुन्छ।

वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा भावी प्रधानमन्त्री को त? यस प्रश्नको जवाफ भने ओलीले दिएनन्। उनको पालो सकिनेवित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रश्नको उत्तर छुटेको उल्लेख गर्दै भने, ‘हामी दुबै प्रधानमन्त्री भइसकेका छौं, हामीलाई कुनै लोभ छैन।

नेपालमा विदेशी लगानी रोक्न वाम गठबन्धन र भारतबीच दुरी देखाउने प्रयास भइरहेको आरोप एमाले अध्यक्ष केपी ओलीले लगाएका छन्।भारतीय मिडिया तथा केही व्यक्तिहरुले वाम गठबन्धन र भारतबीच दुरी देखाएर विदेशी लगानी रोक्न र सेयर मार्केट खेल्न प्रयास गरिरहेको ओलीले आरोप लगाए।‘वाम गठबन्धनको बहुमत आउँदा भारतले स्वीकार गरिसकेको छ। बधाई पनि दिइसकेको छ। सहयोग गर्ने पनि घोषणा गरिसकेको छ। तर केहीलाई पचेको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !