१५ बैशाख २०८१, शनिबार

कुलमान घिसिङलाई हटाउने प्रधानमन्त्री र ऊर्जामन्त्रीको तयारी


केपी शर्मा ओली, कुलमान घिसिङ

काठमाडौं, १० भाद्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै असन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नियुक्ति नपाउने भएका छन् ।

विश्वस्त स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै असन्तुष्ट भएका छन् । उनी लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषय बालुवाटारमा समेत उठेको छ ।

पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट समेत बालुवाटारमा पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !