२३ बैशाख २०८१, आइतबार

उम्मेदवारलाई लक्षित गरी बम आक्रमण : सुरक्षा व्यवस्था कडा बनाइयो


nepal police

१४ मंसिर, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ ।अज्ञात समूहले उम्मेदवार भोट माग्न हिड्ँने बाटोमा ढुकेर तथा उम्मेदवारको घरमा समेत बम विस्फोट गराउन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए।

उम्मेदवार तथा मतदातालाई लक्षित गरेर विस्फोटका घटना बढेपछि जिल्लामा सुरक्षाकर्मीको संख्यामा वृद्धि गरिएको र सुरक्षा चेकजाँचलाई बढाइएको उहाँले बताए। उम्मेदवारहरुले मागेअनुसार सुरक्षा उपलब्ध गराइएको र चौबीसै घण्टा उम्मेदवारको अघिपछि सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ थियो।

जिल्लाका मुख्य नाका र शंकास्पद स्थानमा चौबीसै घण्टा प्रहरी परिचालन गरिएको र प्रभावकारी रुपमा सुरक्षा प्रबन्ध गरिएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !