२५ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमण रोकथामबारे विज्ञ र विपक्षी दलका नेतासँग सल्लाह लिँदै प्रधानमन्त्री


कोरोना संक्रमण रोकथामबारे विज्ञ र विपक्षी दलका नेतासँग सल्लाह लिँदै प्रधानमन्त्री

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरु तथा नेताहरुसँग छलफल थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागी छन् ।

आज छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका महन्त ठाकुर पनि सहभागी छन् । साथै चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिसँग प्रधानमन्त्रीले छलफल गरिरहेका छन् । बैठक सीसीएमसीका पदाधिकारीको पनि सहभागिता रहेको छ ।

मुलुकमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । पछिल्लो एक महिनामा हिजो सोमबार सबैभन्दा बढी संक्रमित भेटिएपछि नयाँ रणनीति बनाउन विज्ञसँग छलफल गरेका हुन् ।

सरकारले लकडाउन खुला गरेपछि संक्रमण फैलिएको भन्दै विज्ञहरुले पुनः लकडाउन गर्नुपर्ने सुझाव दिँदै आएका छन् । सरकारले संक्रमित बढी भएका स्थानमा मात्रै लकडाउन गर्ने नीति लिएको छ ।

कतिपय चिकित्सकहरुले काठमाडौंमा कर्फ्युसहितको लकडाउन लगाउनुपर्ने सुझाव दिइरहेका बेला प्रधानमन्त्रीले विज्ञसँग छलफल गरिरहेका छन् । सरकारले विज्ञहरुको राय बुझेर लकडाउन गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !