२६ बैशाख २०८१, बुधबार

हामी पार्टी फुट्न दिँदैनौँ : नेकपा नेता पौडेल


देवेन्द्र पौडेल

काठमाडौँ, ११ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक बहस भए पनि पार्टी विभाजन नहुने दाबी गर्नुभयो । नेता पौडेलले नेकपा पार्टी कुनै हालतमा नफुट्ने दाबी गर्दै आजको आवश्यकता पार्टीलाई जनताले दिएको विश्वास गुमाउन दिन नहुने बताउनुभयो ।

युवा पुस्ताले पार्टीलाई अझ बलियो बनाउन लागिपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मलगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेका छौँ । दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुद बनाउन छलफलमा निरन्तर लागिपरेका छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !