२१ बैशाख २०८१, शुक्रबार

नेकपा सचिवालय बैठक भोलि साउन ३ गते बस्ने


नेकपा सचिवालय बैठक

२ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक भोलि शनिबार साउन ३ गते ३ बजे बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफलपछि साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको एक नेताले जानकारी दिएका छन् ।

शुक्रबार दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन ४ गते बोलाउने र त्यसअघि सचिवालय समितिको बैठक बस्ने सहमति भएको एक नेताले जानकारी दिएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । नेकपाको स्थायी कमिटी बैठक पर्सि असार ४ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक पर्सि असार ४ गते दिउसो ३:०० बजेका लागि बोलाइएको छ । स्थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।

केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन् ।

पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ । यस बीचमा पार्टीका दोस्रो पुस्ताका नेताहरुले पनि विवाद मिलाउन पहल गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक पर्सि असार ४ गते बस्ने

बालुवाटारमा ओली-प्रचण्ड वीच छलफल जारी, स्थायी कमिटी बैठक ३ बजेसम्म सर्‍यो

प्रचण्ड-माधवसँग कुरा नमिलेपछि बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाए आफूनिकट नेता

ओली, प्रचण्ड र माधव वीच भएको छलफल सकियो, आज पनि कुरा मिलेन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !