१९ बैशाख २०८१, बुधबार

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक पर्सि असार ४ गते बस्ने


नेकपा स्थायी समिति बैठक फाइल फोटो

काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पर्सि असार ४ गतेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । अर्को बैठक पर्सि असार ४ गते दिउसो ३:०० बजेका लागि बोलाइएको छ ।

आज शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । स्थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।

११ बजेको बैठकका लागि अधिकाशं स्थायी कमिटी सदस्यहरु बालुवाटारतर्फ हिँडेपनि बैठक स्थगित गरिएको सूचना पाएसँगै घर फर्किएका थिए । अधिकांश स्थायी कमिटी सदस्यले भने बैठक सरेको सूचना नपाएको बताएका थिए ।

आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताहरुको छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ । पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, एकताका बाँकी काम, एमसिसी सम्झौता अनुमोदन आदि कार्यसूची स्थायी कमिटीमा राखिएको छ ।

केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा ओली-प्रचण्ड वीच छलफल जारी, स्थायी कमिटी बैठक ३ बजेसम्म सर्‍यो

प्रचण्ड-माधवसँग कुरा नमिलेपछि बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाए आफूनिकट नेता

ओली, प्रचण्ड र माधव वीच भएको छलफल सकियो, आज पनि कुरा मिलेन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !