८ जेष्ठ २०८१, मंगलबार

बालुवाटारमा ओली-प्रचण्ड वीच छलफल जारी, स्थायी कमिटी बैठक ३ बजेसम्म सर्‍यो


ओली-प्रचण्ड बीच बालुवाटारमा छलफल शुरु

काठमाडौँ, साउन २ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज शुक्रवार पनि छलफल जारी रहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि दुई अध्यक्षबीच छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । दुई अध्यक्षबीच आज बस्ने स्थायी कमिटी बैठकबारे छलफल भई रहेको छ । आज शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

११ बजेको बैठकका लागि अधिकाशं स्थायी कमिटी सदस्यहरु बालुवाटारतर्फ हिँडेपनि बैठक स्थगित गरिएको सूचना पाएसँगै घर फर्किएको एक जना स्थायी कमिटी सदस्यले बताएक छन् । अधिकांश स्थायी कमिटी सदस्यले भने बैठक सरेको सूचना नपाएको बताएका छन् ।

केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-माधवसँग कुरा नमिलेपछि बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाए आफूनिकट नेता

ओली, प्रचण्ड र माधव वीच भएको छलफल सकियो, आज पनि कुरा मिलेन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !