२५ बैशाख २०८१, मंगलबार

कास्कीमा दुई मन्त्री बीच कडा प्रतिस्पर्धा


कार्तिक १६, कास्की | मंसिर २१ गते गते निर्वाचनको लागि कास्कीमा काँग्रेस र बाम गठबन्धनले मनोनयनको पुर्व सन्ध्यामा बुधबार उम्मेदवार टुग्याएका छन् । उम्मेदवारको टुग्याईले प्रतिनिधि सभा(संघ)अन्तर्गत प्रदेश नं १ मा भने दुई मन्त्री बीच तीब्र प्रतिस्पर्धा हुने पक्का छ । काँग्रेसको तर्फबाट बर्तमान कानून मन्त्री यज्ञबहादुर थापा र बाम गठबन्धनको तर्फबाट पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी चुनावी मैदानमा छन् । मन्त्री थापा पहिलो संविधान सभाको चुनाव २०६४ सालमा माओवादी नेता देव गुरुङसँग प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला पराजित भएका थापा दोस्रो संविधान सभाको चुनाव ०७० सालमा भने पोखरा महानगरपालिकाका निर्वाचित मेयर मानबहादुर जिसीलाई पराजित गर्दै सांसद बनेका हुन् । हाल मन्त्री समेत रहेका थापा फेरी चुनावी मैदानमा उत्रिएका छन् । कास्कीको प्रदेश १ मा दुई मन्त्रीको प्रतिस्पर्धाले निर्वाचन पेचिलो बनेको छ । उता प्रदेश अन्तर्गत १ खमा पनि हेभिवेट प्रतिस्पर्धा देखिएको छ । काँग्रेसको तर्फबाट जिल्ला सभापति कृष्ण केसी छन् । उनको प्रतिस्पर्धामा बाम गठबन्धन अन्तर्गत नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ छन् । दुवैको प्रतिस्पर्धा प्रतिष्ठासँग जोडिएको छ ।
काँग्रेसका उम्मेदवार
लोकतान्त्रीक गठबन्धनको तयारी गरिरहेको नेपाली काँग्रेसले प्रदेश १ मा प्रतिनिधि सभामा कानुन मन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापा उम्मेदवार बनेका छन् । दुवै संविधानसभामा उम्मेदवार बनेका थापा २०६४ मा पराजित बनेका थिए भने २०७० मा एमालेका उम्मेदवार मानबहादुर जिसीलाई पराजित गरेका थिए । प्रदेशतर्फ (क) मा जीवन परियार र (ख) मा जिल्ला सभापति कृष्ण केसी उम्मेदवार बनेका छन् । २ नम्बर क्षेत्रमा प्रतिनिधि सभाका लागि देवराज चालिसे उम्मेदवार छन् । ३ नम्बरमा भने शुक्रराज शर्माले टिकट पाएका छन् । प्रदेशतर्फ २(क) मा गुरु बराल, (ख) मा विन्दुकुमार थापा, ३ नम्बर क्षेत्रको (क) मा शारदा पौडेल र (ख) मा भोज बहादुर गुरुङ उम्मेदवार बनेका छन् ।
बाम गठबन्धनका उम्मेदवार
लामो समयको छलफल र बैठकपछि कास्कीमा वाम गठबन्धनले सबैमा टुग्याएको छ । प्रतिनिधि सभाका ३ सहित ६ सीट पाएको एमालेले क्षेत्र नम्बर १ मा खगराज अधिकारी, २ मा रवीन्द्र अधिकारी र ३ नम्बर क्षेत्रमा जगत विश्वकर्मालाई टिकट दिएको छ । दुई अधिकारी जिल्लाबाटै सर्वसम्मत सिफारिस भएका थिए । विकास समितिका संयोजक समेत रहिसकेका रविन्द्र अधिकारीले अघिल्लो् चुनावमा काँग्रेसका सोभियत बहादुर अधिकारीलाई पराजित गरेका थिए । अहिले पनि अधिकारीद्वय बीच नै प्रतिस्पर्धा हुने छ । विश्वकर्माको क्षेत्रमा भने भोटिङ मार्फत ३ जनाको नाम सिफारिस भएको थियो । जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम केन्द्रमा पुगेपनि सुरुदेखि नै जगतलाई अघि सारिएको थियो ।
सर्वसम्मत सिफारिसमा परेका रवीन्द्र अधिकारी यसअघिका २ वटै संविधानसभाको चुनावमा विजयी उम्मेद्वार हुन् । २०६४ मा तत्कालीन नेकपा माओबादीका उम्मेदवार रामजी बराललाई २ हजार ८ सय १० र २०७० मा काँग्रेसका उम्मेदवार सोभियतबहादुर अधिकारीलाई २ हजार २ सय १० मतले पछि पारेका थिए । अर्का उम्मेदवार खगराज अधिकारी चाहीँ पहिलो संविधानसभा चुनावमा माओबादीका उम्मेदवार देवप्रसाद गुरुङसँग पराजित भएका ब्यक्ति हुन् । दोश्रो संविधासभा चुनावमा सांसद नभएपनि उनी स्वास्थ्य मन्त्री बनेका थिए । जगत भने समानुपातिक सांसद हुन् ।
प्रदेशतर्फ ३ सीट पाएको माओबादीले १(क) मा दीपक कोइराला, २ (ख) मा राजकाजी गुरुङ र ३ (क) मा रामजी बराल उम्मेदवार बनाएको छ । दिपक र झलपाणी तिवारीका बिषयमा धेरै बहस चलेको थियो । तिवारीले प्रत्यक्षमा उम्मेदवार बन्न समानुपातिकबाट नाम झिकेका थिए । त्यसपछि उम्मेदवार छनौट झनै रोचक बनेको थियो । यद्यपी कोइराला जिल्ला अध्यक्ष समेत भएकाले उनी उम्मेदवार बन्न सहज भएको थियो । कोइराला पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका पुर्व अध्यक्ष एवं नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए । राजकाजीले पनि २०६४ सालमा सविधान सभाको पहिलो चुनावमा एमाले नेतृ गजकुमारी गुरुङलाई पराजित गर्दै सांसद बनेका थिए ।
वाम गठबन्धनमै एमालेले प्रदेशतर्फ ३ सिट पाएको छ । एमालेले क्षेत्र नम्बर १ (ख) मा जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ, २ (क) मा अध्यक्ष कृष्ण थापाको नाम टुंगिएको छ । ३ नम्बर को (ख) मा राजीव पहारीले टिकट पाएका छन् ।
कास्कीमा चार गाउँपालिका, एक महानगरपालिका छ । कुल मतदाता दुई लाख ५५ हजार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !