१९ बैशाख २०८१, बुधबार

भोजपुर र खोटाङको मनमोहक पर्यटकीय संगमस्थल मैयुङ डाँडा (फोटो फिचर)


मैयुङ डाँडा

भोजपुरको उत्तर पश्चिम र खोटाङको उत्तर पूर्वी सिमाना दुई जिल्ला बीचको संगमस्थल हो मैयुङ डाँडा । स्थानीय स्तरमा यसलाई साउने डाँडा पनि भन्दछन् । यो भोजपुरको तत्कालीन दोभाने, खार्ताम्छा, किमालुङ र तिम्मा गाविस र खोटाङको तत्कालीन फेदी गाविसको बीचमा पदर्छ भने हाल भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिकामा रहेको छ ।

मैयुङ डाँडा मुन्धुम ट्रेल पदमार्ग मध्य भागमा अवस्थित छ । मैयुङको नामकरण किराँत राई बान्तवा भाषाको ‘माङयुङ’ वाट अपभ्रंस भई मैयुङ भएको पाइन्छ । यहाँबाट ८ हजार मिटर अग्ला ६ वटा हिमालहरु जस्तै : सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयु, ल्होत्सेसार लगायतका देख्न सकिन्छ ।

मनमोहक पर्यटीकय स्थल मैयुङ डाँडाको माथिल्लो भागमा सत्ययुगमा रानीले तान बुन्न प्रयोग गरेको ठूला र चेप्टा चट्टानसमेत अवलोकन गर्न सकिन्छ । ३ हजार ३ सय ५० मिटर अग्लो मैयुङ डाँडा हिमालको काखैमा रहेको मैयुङ डाँडा गोरुको काँध जस्तै गरी मैयुङ चुचुरो माथितिर उठेको छ ।

आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेको मैयुङ डाँडा आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा पर्दै गएको छ । मैयुङ डाँडाको काखमा रहेको प्रसिद्ध हाँस पोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर माहुरी र विभिन्न जंगली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ ।

मैयुङ डाँडा

मैयुङ डाँडा

मैयुङ डाँडा

मैयुङ डाँडा

मैयुङ डाँडा

मैयुङ डाँडा

मैयुङ डाँडा

मैयुङ डाँडा

मैयुङ डाँडा

मैयुङ डाँडा

मैयुङ डाँडा

मैयुङ डाँडा

तस्वीर सौजन्य : सरोज सैजु, युवराज विष्ट र किरण श्रेष्ठ

यो पनि पढ्नुहोस्

लकडाउनमा सुनसान देखियो पशुपतिनाथ क्षेत्र (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !