१९ बैशाख २०८१, बुधबार

लकडाउनमा सुनसान देखियो पशुपतिनाथ क्षेत्र (फोटो फिचर)


पाशुपत क्षेत्र

२७ चैत, काठमाडौं । कोरोना भाइरसका कारणले विश्व नै तरंगित भइरहेको समयमा अहिले नेपालमा मात्र नभई कोरोना संक्रमित देशहरुमा पनि लकडाउनले गर्दा जनताहरु समस्यामा परेका छन् । लकडाउनको अवधिमा विश्व सम्पादा सूचीमा सूचिकृत पशुुपतिनाथ मन्दिर वरिपरि सुनसान देखिएको छ । चीनवाट महामारीको रुपमा फैलिएको भाइरसका कारणले गर्दा अहिले आर्थिक रुपमा पनि उरालो लागेको छ ।

नेपालमा पनि भाइरसका कारणले गर्दा नै लकडाउन लम्विएपछि विशेषगरी मजदुरहरु समस्यामा परेका छन् । दिनभरी काम गरेर बेलुका छाक टार्नेहरुको लागि यो लकडाउनले गर्दा निकै समस्यामा परेका छन् । कतिपय मजदुरहरु खान, बस्नलाई नपाएपछि राजधानीदेखि हिडेर पनि गाउँ जाने गरेका छन् । त्यसैले गर्दा पनि समस्यामा परेका छन् ।

कोरोनाका कारणले गर्दा पर्यटन क्षेत्रमा पनि प्रभाव परेको छ । पर्यटन क्षेत्रमा गएका पर्यटनहरु पनि फर्किनको लागि समस्या परेका छन् । तर सरकारले आज गरेको निर्णयअनुसार राजधानीको कोठामा बसेका र गाउँ जानलाई अड्किएकाहरुलाई गाउँ जानको लागि भोलि र पर्सि खुलाउने गरेको थियो । शुक्रबार र शनिबार काठमाडौंदेखि बाहिर जान दिने निर्णय गरेको डेढ घण्टामै उल्टिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !