१४ बैशाख २०८१, शुक्रबार

देशभर यसरी मनाइयो पृथ्वीजयन्ती (फोटो फिचर)


पृथ्वीजयन्ती

काठमाडौँ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा माल्यार्पण गरेकी छन् ।

३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणका नायकप्रति पुष्पहार अर्पण गरेर सम्मान प्रकट गरेकी हुन् ।

यस्तै बागलुङमा पनि पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आज मङ्गलबार कार्यक्रम आयोजना गरिएको छ । बागलुङमा आयोजित कार्यक्रममा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण समेत गरिएको छ ।
पृथ्वीजयन्ती पृथ्वीजयन्ती पृथ्वीजयन्ती पृथ्वीजयन्ती पृथ्वीजयन्ती पृथ्वीजयन्ती पृथ्वीजयन्ती पृथ्वीजयन्ती

तस्बिर सौजन्य : प्रदीपराज वन्त, खेमराज गौतम, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !