२० बैशाख २०८१, बिहिबार

कलाकारहरू पनि चुनावी मैदानमा, वडाध्यक्षदेखि मेयरसम्मै उम्मेदवारी


र्‍यापर बालेन शाह

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केही चलचित्रकर्मी तथा संगीतकर्मीले उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरपालिकमा दुई जना कलाकारले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

अग्रज चरित्र अभिनेता तथा नाट्यकर्मी मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं महानगर पालिकाबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । यस्तै, ¥यापर गायक बालेन शाहले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दिएका छन् ।

राप्रपाको घोषणपत्रलाई कार्यान्वयन गर्दै काठमाडौं महानगरपालिकाको विकासमा आफ्ना विभिन्न योजनासहित आपूm मेयर पदको उम्मेदवार बनेर मैदानमा उत्रिएको कलाकार मदनदास श्रेष्ठले बताए । काठमाडौंको कैयौं समस्या समाधानका लागि आपूmले चुनावी मुद्दा बनाएको पनि उनको कथन छ ।

काठमाडौं महानगर पालिकाकै मेयर पदका अर्का उम्मेदवार ¥याप गायक बालेन शाह अहिले आफ्नो घोषणपत्रका योजनाका कारण चर्चामा छन् । तन्नेरी पुस्ताबीच आफ्ना ¥याप गीतका कारण चर्चामा रहेका उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

काठमाडौं महानगर पालिकाको विकासका लागि आपूmले छुट्टै घोषणापत्र तयार गरेर मेयर पदको उम्मेदवारी दिएको उनले राजधानीलाई बताएका छन् ।

काठमाडौं सम्पदा संरक्षण, गीतसंगीत तथा चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनलाई पनि आपूmले घोषणापत्रमा समेटेको उनले बताएका छन् । आइतबार बिहान आफ्नो घोषणापत्र सार्वजनिक गरेर सोही दिन उनले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका हुन् ।

राजनीतिक पार्टीप्रति जनताको वितृष्णा बढ्दै गएका कारण स्वतन्त्र रूपमा चुनाव जितेर पनि नगरको विकास गर्न सकिन्छ भनेर आपूmले स्वतन्त्र नै उम्मेदवारी दिएको उनले बताएका छन् । गायकसँगै पेसाले इन्जिनियर भएका कारण काठमाडौं महानगरलाई कसरी उत्कृष्ट महानगर बनाउने भन्ने आफ्नो योजना रहेको उनले दाबी गरेका छन् ।

मोडल, कोरियोग्राफर तथा कलाकार सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी छन् । एक दशकअघि मिस नेवा बनेकी उनले थुप्रै ¥याम्प मोडलिङसँगै म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकी छन् । यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !