२० बैशाख २०८१, बिहिबार

गायक प्रकाश सपुत विवादमा तानिँदै


काठमाडौं । आफ्नो नयाँ गीत ‘पीर’का कारण गायक प्रकाश सपुत यतिबेला विवादमा छन् । माआवादी ‘जनयुद्ध’का महिला लडाकु हाल वेश्यावृत्तिमा छन् भन्दै यो गीतको भिडियोमा उनीहरूले वेश्यावृत्ति गरेको दृश्य देखाएपछि उनी विवादमा तानिएका हुन् ।

यसअघि यिनै गायक ‘गलबन्दी च्यातियो तिम्ले तानेर..’ गीत अरूको चोरी गरेर बनाएको भन्दै विवादमा परेका थिए । देशको गणतन्त्रका लागि जनयुद्धमा लडेका नेपाली नारी योद्धाको अस्मिताको खिल्ली उडाएको भन्दै उनी अहिले फेरि विवादमा परेका हुन् ।

आफ्नै च्यानलबाट नयाँ गीत पीर प्रकाश सपुतले शनिबार रिलिज गरेका हुन् । यो गीतलाई आइतबार बेलुकासम्म २५ लाखपटक युट्युबमा हेरिएको छ । १६ मिनेटको गीतमा जनयुद्धमा लागेका महिलाहरूको अपमान गरेको भन्दै अहिले नेकपा माओवादी केन्द्रका नेताहरूले विरोध गरेका छन् । सोही पार्टीको विद्यार्थी संस्था अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जालमा सो गीतको भिडियोको पूरा विरोध गरेकी छन् ।

उनले यो गीत युट्युबबाट तत्कालै हटाउन पनि चेतावनी दिएकी छन् । यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !