२० बैशाख २०८१, बिहिबार

उत्कर्षमा एमालेभित्रको विवाद, पार्टी फुट्ने सम्भावना


नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराही

काठमाडौं । सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलले फागुन २८ गते केन्द्रीय सदस्यहरुको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ ।

फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौँ बोलाएर भेला आयोजना गर्न लागेको हो । ओलीले सो भेलामा सहभागी भए कारबाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारबाही सहन लामबद्ध रहेको जनाएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र पुरानो विवाद झन् बढेको छ । ओली पक्षले नेपाल समूहको जिम्मेवारी खोस्दै लगेपछि विवाद उत्कर्षमा पुगेको हो । हाल नेपाल पक्षले देशव्यापी रुपमा आफ्नो तहबाट एमालेभित्र समानान्तर कमिटी बनाउन लागेको छ ।

नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेपछि सोमबार बिहान एमाले पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल दोस्रो तहका नेताहरुसहित छलफलमा जुटेका थिए । तर, त्यसमा ठोस सहमति हुन सकेन ।आजकोनागरिक दैनिकमा समाचार छ ।

ओलीले फागुन २८ गतेको निर्णयबाट पछि नहट्ने बताएपछि छलफल बिनानिष्कर्ष टुंगिएको थियो। फागुन २८ को निर्णय नसच्याउने हो भने चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने नेपालले जनाएका थिए। मंगलबार बिहान ओलीले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल समूहका कोही पनि सहभागी भएनन्।

ओलीले चियापान कार्यक्रममा सम्बोधन गर्दै नेपाल समूहको भेलामा गए कारबाही गर्ने चेतावनी दिए। त्यसपछि नेपाल समूहले आयोजना गरेका पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरू कारबाही भोग्न तयार रहेको बताए। उनले प्रधानमन्त्री ओलीलाई भेलामा सहभागी हुन र भेलाको उद्घाटन गर्नसमेत आग्रह गरेका थिए। भेलामा आउने नेता–कार्यकर्ता एमालेकै भएको भन्दै भेलाको उद्घाटन गर्न ओलीलाई आग्रह गरेका हुन्।

ओलीले भेलामा जानेहरूमाथि नजर लगाइनेछ भनेपछि प्रतिउत्तरमा भट्टराईले भेलामा सहभागी हुनेहरूका लागि नजर लगाउन कसैलाई खटाउन पर्दैन भनेका थिए। ‘तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस्, नजर लगाउन कसैलाई खटाउनै पर्दैन। आजकोनागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !