२२ बैशाख २०८१, शनिबार

विभाजित नेकपा : कुन समूह शक्तिशाली ?


ओली, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बलियो अवस्थामा देखिएका छन् । जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी कमिटीमा ओली समूह बलियो देखिएको हो ।

१७७ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट १०६ जना र पूर्वमाओवादीबाट ७१२ जना रहेका छन् । पूर्वएमाले पक्षधर ६० प्रतिशत रहेको झापामा ओली पक्षीयको बहुमत रहेको छ भने पूर्वमाओवादी पक्षबाट पनि केही ओलीतिर लागेको छ ।

जिल्ला अध्यक्ष चिन्तन पाठक केन्द्रीय सदस्य भएका छन् । यस्तै पूर्वसांसद तथा कार्यालय सदस्य प्रेम गिरी केन्द्रीय सदस्य भइसकेका छन् । यसैगरी कार्यालय सदस्य राजेन्द्र दाहाल अहिले ओली कित्तामा लागेका छन् । पूर्वमाओवादीबाट सचिव रहेका मणि लिम्बु बादल समूहमा छन् । कार्यालय सदस्य चन्द्रा श्रेष्ठ, मोहन टुडु, अरुण श्रेष्ठ भने प्रचण्डनेपाल समूहमा रहेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुखमा पनि ओली पक्षको बहुमत स्पष्ट देखिएको समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !