७ कार्तिक २०७७, शुक्रबार

रातमा मालपोत अड्डाः मालपोत कार्यालयका प्रमुखसहित २१ जना पक्राउ



पक्राउ

पर्सा, कार्तिक १ । कार्यालय समय सकिएपछि जिल्ला मालपोत कार्यालयमा पसेका कार्यालय प्रमुखसहित १३ कर्मचारी र ८ जना बिचौलियालाई जिल्ला प्रसाशन कार्यालय पर्साको टोलीले बिहीबार राति नियन्त्रणमा लिएको छ।

विभागीय स्विकृतिबिना कार्यालय समयपछि कार्यालयबाहिरका मानिससमेत भित्र पसाएर कर्मचारीले शंकास्पद गतिविधि गर्न थालेको सूचना पाएपछि छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमु्ख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा प्रसाशकीय अधिकृत विनय श्रीवास्तव, प्रहरी निरीक्षक राजेशराज पुरीसहितको टोलीले कार्यालयमा राति ९ बजे छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको जानकार प्रजिअ तामाङले दिए।

‘हामी राति करिब ९ बजे कार्यालयमा पुग्दा केही कर्मचारी र कार्यालयसँग असम्बन्धित केही मानिस फाइल केलारहेका थिए। उनीहरु प्रहरीसहितको टोली देखेर अत्तालिए,’ वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक पुरीले भने, ‘हामीसँग प्रहरी ७ जना मात्र थिए तर कार्यालयका २ वटा कोठामा रहेका उनीहरुलाई रोकेर नियन्त्रणमा लिन सफल भयौं।’

छापा मारी मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सुमनकुमार झासहित १३ कर्मचरी र ८ जना कार्यालय बाहिरका मानिसलाई नियन्त्रणमा लिएको उनले बताए। ‘सुरुमा नाम, परिचय र अन्य विवरण लिने काम भयो, त्यसपछि नियन्त्रणमा लियौं,’ उनले भने।

कर्मचारी पनि स्वीकृतिबिना कार्यालय समयबाहेक कार्यालयमा पस्न पाइँदैन। तर कार्यालय समय सकिएपछि पनि कर्मचारीले बाहिरका मानिस भित्र लगेर शंकास्पद काम गरिरहेको सूचनाका आधारमा छापा मारिएको र २१ जनालाई नियन्त्रणमा लिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताएको आजको नागरिक दैनिकमा खवर छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, कात्तिक ५ । स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्इक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा

काठमाडौं, कात्तिक ५ । फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने गरी तय गरिउको नेपाली काँग्रेसको १४ ओँ महाधिवेशन अनिश्चित

काठमाडौं, कात्तिक ५ । कम्युनिष्ट पार्टीको सञ्चालनमा सांगठानिक र प्राविधिक पक्षको व्यवस्थापन गर्ने काम महासचिवको हुन्छ । तर, विष्णु पौडेल

काठमाडौं, कात्तिक ५ । गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो