२८ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति मास्क र पञ्जामा


काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी मास्क लगाएर सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आउनुभएको छ । विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उहाँ अपराह्न मास्क र हातमा पञ्जासहित आउनुभएको हो ।

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उहाँले मास्क हटाउनुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि कोभिड –१९ सङ्क्रमण जोखिमबाट बच्न मास्क लगाउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !