७ जेष्ठ २०८१, सोमबार

कोसी प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर


कोशीका मुख्यमन्त्री केदार कार्की

काठमाडाैँ । कोसी प्रदेशमा नेकपा (एमाले) का हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आज बिहीबार उक्त रिट दायर गरेका हुन् ।

रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै केदार कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

केदारले हिक्मत कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् । सो रिटकाे पेशी शुक्रबारका लागि ताेकिएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !