२६ बैशाख २०८१, बुधबार

सोमबारदेखि सबैखाले यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिन र भित्रिन रोक


छाड्न थाले काठमाडौँ उपत्यका

९ चैत, काठमाडौं । सरकारले भोली चैत १० गते सोमबारदेखि सबैखाले यात्रुवाहक साधनलाई काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाउँदैछ । यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । काठमाडौं बाहेकका सहर ठाउँको हकमा पनि यही नियम कार्यान्वयन हुँदैछ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको संयोजकत्वमा शनिबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार प्रधानमन्त्री केपी ओलीको सम्बोधनमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने उल्लेख थियो । यातायात व्यवस्था विभागका अनुसार काठमाडौं मात्र नभएर पोखरा, नेपालगन्ज, विराटनगर लगायत अन्य ठाउँबाट पनि एक-अर्को क्षेत्रका लागि यात्रुवाहक साधन सञ्चालन गर्न दिइने छैन । अन्य अत्यावश्यक यातायातका साधनलाई भने सञ्चालनमा छुट छ ।

कानुन अनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा टाढाको यात्रालाई जनाउँछ । कानुनी व्यवस्थाअनुसार २५ किमिसम्मलाई छोटो र दुई सय ५० किमिसम्मलाई मध्यम दूरी परिभाषित गरेको छ । कोरोनाको त्राससँगै विद्यालय तथा विश्वविद्यालयमा पठनपाठन र परीक्षा बन्द भएपछि केही दिनयता काठमाडौंबाट बाहिरिनेको भिड लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !