२४ बैशाख २०८१, सोमबार

उपराष्ट्रपति पुनद्वारा होली पर्वको शुभकामना


नन्दबहादुर पुन

फागुन २६, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।

‘काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा फागु पूर्णिमाको दिन र तराई-मधेसमा भोलिपल्ट भव्य रूपमा मनाइने रङहरूको पर्व होली पर्व-२०७६ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, ससद्‌भाव, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उपराष्ट्रपति पुनले सन्देशमा भनेका छन् ।

शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद् समयमा आउने यस पर्वले सप्तरङ्‌गी जस्तै रङ्‌गीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी ससद्‌भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने उनको विश्वास छ । यस चाडले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन सबै नेपालीलाई प्रेरणा दिने विश्वास समेत उनले व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !