२६ बैशाख २०८१, बुधबार

केउरानी वनको आगो नियन्त्रण


आगोले आगो निभाउन

काठमाडौँ, २२ फागुन । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित केउरानी सामुदायिक वनमा बुधबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ । वनको बिचभागमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा राती नै नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

हावा चलेसँगै फैलिएको आगो नियन्त्रण गर्न नेपाली सेनाका २६, नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरी बलका १३ सुरक्षाकर्मी परिचालित भएका थिए । जङ्गलभित्र दमकल जान नसक्ने भएकाले आगो नियन्त्रणमा लिन समस्या परेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !