२४ बैशाख २०८१, सोमबार

छतबाट खसेर एक महिलाको मृत्यु


khasera-death

१४ भदौ, नुवाकोट । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि उहाँ फोहर फाल्न घरको छतमा चढ्नुभएको थियो । छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खस्नु भएको थियो । गम्भीर घाइते उहाँको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !