४ जेष्ठ २०८१, शुक्रबार

अन्तरजातीय विवाह गरेका चन्द्रे बेपत्ता, अपहरण गरेको बेहुला पक्षको आरोप


bepata

हुम्ला । हुम्लामा अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता भएका छन्। सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । सुन्तली मल्लसँग विवाह गरेका चन्द्रे कामीलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ ।

नेपाल दलित मुक्ति मोर्चाको कर्णाली प्रदेश संयोजक ललितकुमार सुनारले पनि माइती पक्षवाटै आएका युवाले चन्द्रेलाई कुटपिट गर्नुका साथै आफूसँगै लिएर गएको विज्ञप्तिमार्फत जनाएका छन् ।

स्रोतका अनुसार मंसिर २९ मा मध्यराति केही युवाले चन्द्रे लगायतलाई कुटपिट गरेका थिए । कुटपिट गरेर सुन्तलीलाई उनीहरुले फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर लगेको बताइएको छ ।

हुम्लामा अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता भएका छन्। सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । सुन्तली मल्लसँग विवाह गरेका चन्द्रे कामीलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !