२६ बैशाख २०८१, बुधबार

डा. रुइतलाई पद्म श्री पुरस्कार प्रदान


sanduk

२० चैत, काठमाण्डौ । डा. सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्म श्री पुरस्कार प्रदान गरेको छ ।

सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले नेपालका चर्चित नेत्र रोग विशेषज्ञ डा. रुइतलाई सम्मान गरेको हो ।

डा. रुइतको प्रविधिले मोतीविन्दूको शल्यक्रिया शुल्क ९० प्रतिशतसम्म कम भएको भन्दै भारतले विश्वका ३० भन्दा बढी देशमा उक्त प्रविधि प्रयोग भइरहेको जिकिर गरेको छ ।

भारत सरकारले त्यहाँको गणतन्त्र दिवसका अवसरमा डा. रुइतलाई सम्मानको घोषणा गरेको थियो । सोमबार साँझ नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले डा. रुइतलाई पद्म श्री प्रदान गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !