२३ बैशाख २०८१, आइतबार

धादिङमा यातायात अवरुद्ध


११ चैत, धादिङ । पृथ्वी राजमार्गमा पर्ने धादिङको खानीखोलामा गाडी चल्न सकेका छैनन् । बिहान काठमाडौंबाट नेपालगञ्जको लागि छुटेको बा ५ ख ९०४२ नम्बरको बसले खानीखोलामा स्थानीयवासी खुजुराम भूजेललाई ठक्कर दिएपछि स्थानीयवासीले प्रदर्शन गर्दै गाडी चल्न नदिएका हुन् ।

सडक विस्तारमा काम गरिरहेका भूजेललाई चालकको लापरवाहीका कारण बसले ठक्कर दिएको भन्दै स्थानीयवासीले प्रदर्शन गरिरहेका छन् । घाइते भूजेललाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !