२५ बैशाख २०८१, मंगलबार

साढे ४ लाखले एसईई दिँदै


NEB

१९ फागुन, काठमाण्डाै ।

    1. परीक्षा नियन्त्रण कार्यालयले चैत्र दोस्रो साता लिने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ पाठ्यक्रमका साढे ४ लाख विद्यार्थी सहभागी हुने भएका छन् । गत वर्षदेखि लागू नयाँ पाठ्यक्रमका आधारमा कार्यालयले चैत्र ८ देखि परीक्षा लिन लागेको हो ।

यसपालि नियमिततर्फ ४ लाख ५२ हजार विद्यार्थी सहभागी हुँदैछन् । पूर्वाधार विकास हुन सके कक्षा १० का विद्यार्थीको यो परीक्षा आगामी वर्षदेखि प्रदेश तहले नै लिन सक्छन् ।

परीक्षा अवधिसम्म जिल्ला शिक्षा कार्यालय अस्तित्वमा रहे पनि चैत्र २८ देखि खारेज हुने भएपछि उत्तरपुस्तिका प्रहरी कार्यालयमा राखिनेछ । तर, त्यसलाई कसले परीक्षण गराउने, जाँचिसकिएको उत्तरपुस्तिका र नम्बर राष्ट्रिय परीक्षा बोर्डसम्म कसले पठाउने भन्नेमा अन्योल छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !