२६ बैशाख २०८१, बुधबार

नारायणगढ-मुग्लिन सडक शनिबारदेखि ६ घण्टा बन्द


muglin sadak

१२ माघ, चितवन । रातमा ६ घण्टा बन्द गरेर भित्तो काट्ने काम हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि भने दिउँसो ६ घण्टा बन्द गरिने भएको छ । रातिको काम प्रभावकारी नभएकाले दिउँसो बन्द गरेर भित्तो काट्ने कामलाई तिव्रता दिन लागिएको हो ।

नारायणगढ मुग्लिक सडक आयोजनाले सार्वजनिक सूचना नै जारी गरेर कामलाई तिव्रता दिन शनिबारदेखि बिहान १० बजेवाट अपरान्ह ४ बजेसम्म सडक बन्दगरेर भित्तो काट्ने जनाएको छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातिको काम प्रभावकारी हुन नसकेकाले दिउँसोमा बन्द गरेर काम तिव्र पार्न खोजिएको बताए। बन्द हुने भएपछि शुक्रबारराति भने बन्द नहुने जनाइएको छ ।

गत पुस १८ गतेवाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिंदै आइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !