२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय भाव र एकता प्रबलीकरणकाे मार्गप्रशस्त नगरेमा इतिहासमा ठूलो महाभूल हुने – पूर्वराजा ज्ञानेन्द्र


ज्ञानेन्द्र शाह

काठमाडौँ, वैशाख १ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय भाव र एकता प्रबलीकरणकाे मार्गप्रशस्त नगरेमा इतिहासमा एउटा ठूलो महाभूल हुने बताएका छन् । साथै मानवीय वा प्राकृतिक विपत्तीको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता हामी सबै नेपालीलाई नयाँ बर्षमा प्राप्त होस् भन्ने कामना पनि गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले नेपाली दिदीबहिनी तथा दाजुभाइहरु मानव सभ्यताको अनपेक्षित चुनौतीहरूको सामना गरिरहनु परेको कष्टकर परिस्थितिका माझी नयाँ बर्ष २०७७ को आगमन भएको जनाएका छन् । नयाँ वर्ष प्रारम्भको यस सन्दर्भमा हामी नेपालभित्र र बाहिर बसेका सबै नेपालीहरुमा सुख शान्ति तथा समुन्नतिको मंगलमय शुभकामना ब्यक्त गरेका छन् ।

कोराना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न त्यसमा देशमा रहे बसेका सबै नेपालीहरु आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त रहेको उनले बताएका छन् । साथै यस्तो स्थितिमा देश र आफूलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाई नेपाली जनता सधै खुसी र सुखी रहून् देशको शिर सबै सगरमाथा झैँ उच्च रहोस भन्ने नै हाम्रो अटल चाहना थियो,छ र रहनेछ भनेका छन् ।

आफूलाई गाैण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति विभिन्न समयमा पर्न सक्ने खतराहरु टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वबिदितै भएकोले मानव स्वास्थ्यलाई एकैपटक सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेला नेपालीहरुले शान्त र सामूहिक रुपले राष्ट्रव्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेको बताएका छन् ।

तर, विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वभाविक चुनौतीहरूको सामना गर्न हामीबीचको एकता अपरिहार्य हुन पुगेको बताउदै कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्मसात गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणकाे मार्गप्रशस्त गर्न सकेनाै भने इतिहासमा एउटा ठूलो महाभूल हुने ठानेको पनि उनले बताएका छन् ।

हाम्रा पुर्खाले अनादिकालदेखि अवलम्बन गर्दै आएको वैदिक सनातन दर्शन ,धर्म-संस्कृति परम्परा र जीवनपद्धति सर्वश्रेष्ठ र वैज्ञानिक भएको महसुस विश्व जगतले स्वीकार्दै रहेको भन्दै हाम्रा मौलिक सनातनी क सभ्यताको पुनर्जागरण वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको र यही जगमा उभिएर हाम्रो समाजको व्यवस्था र अर्थव्यवस्था र शिक्षाको जग आधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता लिनुपर्ने भइसकेको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रद्वारा नयाँ वर्ष २०७७ को शुभकामना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !