१८ बैशाख २०८१, मंगलबार

को को थपिए माओवादी केन्द्रबाट ८ राज्यमन्त्रीहरु ?


को को थपिए माओवादी केन्द्रबाट ८ राज्यमन्त्रीहरु ?

काठमाडौं, आइतबार, ४ भदौ २०७४ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँको मन्त्रिमण्डलमा माओवादी केन्द्रका तर्फबाट ८ जना राज्यमन्त्री थपिएका छन ।  प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा  ३ उपप्रधानमन्त्री, १९ मन्त्री र ८  राज्यमन्त्री हुनुहुन्छ।

देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट थपिएका ८ राज्यमन्त्री

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादा लगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गरेका थिए । अन्य पार्टीबाट गरी जम्मा २१ जना राज्यमन्त्री थप्ने सरकारको तयारी रहेको छ । कांग्रेसबाट १०, माओवादीबाट ८ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थप गर्न लागिएको हो  ।

माओवादी केन्द्रबाट राज्यमन्त्री बन्नेहरुको नाम र मन्त्रालय यस प्रकार छ :

१. मोहम्मद जाहिर हुसेन – महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री

२. रामसिंह यादव – स्वास्थ्य राज्यमन्त्री

३. श्यामकुमार श्रेष्ठ –  गृह राज्यमन्त्री

४. शम्भुलाल श्रेष्ठ – ऊर्जा राज्यमन्त्री

५. कर्ण बहादुर विक – आपुर्ति राज्यमन्त्री

६. छम बहादुर गुरुङ – सहरी विकास राज्यमन्त्री

७. गोमा कुँवर – पशुपंक्षी विकास राज्यमन्त्री

८. वाङदी शेर्पा – सामान्य प्रशासन राज्यमन्त्री

स्रोत :  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !