१४ बैशाख २०८१, शुक्रबार

सानेपामा कबाडी कारखानामा भीषण आगलागी


आगलागी

१२ पुस, ललितपुर । ललितपुर नगरपालिका-३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ । आज बेलुकी करीब ८ः१५ बजेतिर लागेको आगो नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका छ दमकल, केही पानी ट्याङ्कर प्रयोग गरिएको छ ।

आगो नियन्त्रण अहिलेसम्म ६० प्रतिशत भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन भने के कति धनमालको क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी क्रियाशील रहेको प्रहरी जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !