२५ बैशाख २०८१, मंगलबार

महराविरुद्ध बानेश्वर प्रहरीमा उजुरी


krishna bahadur mahara

१८ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्ण बहादुर महराको प्रकरणले फेरि नयाँ मोड लिएको छ । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका महराविरुद्ध जाहेरी परेको छ । जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिला रोशनी शाहीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । काठमाडौं प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको बताएका छन् ।

आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो । यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चार माध्यममा बयान दिएकी थिइन् । महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमान्सँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् ।

पहिले यौन दुर्व्यवहार भएको आरोप लगाउन पीडित महिलाले भोलिपल्टै महरा बुबा समान भएको बताएपनि उनैले फेरि प्रहरी कहाँ उजुरी दिएकी छन् । पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् । यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो ।

यसअघि रोशनी र उनका श्रीमानले अगल-अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया शरु गरेको समेत बताएका थिए । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएका छन् । बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ ।’’

जोहरी परेसँगै प्रहरीले अनुसन्धानमा पुनः तादरुकता देखाएको छ । महराविरुद्ध उजुरी परेपछि अब उनी पक्राउ पर्ने सम्भावना बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !