२६ बैशाख २०८१, बुधबार

गुणस्तर कायम गर्न नसकेको चार उद्योगलाई कारबाही


NS

२५ साउन, काठमाडौं  । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको गुणस्तर कायम गर्न नसकेको चार उद्योगलाई कारबाही गरेको छ । विभागले गुणस्तरबमोजिम उत्पादन नगर्ने नारायणी सिमेन्ट उद्योग प्रालि बारा, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्ट्रिक प्रालि रुपन्देही र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कारबाही गरिएका उद्योग गुणस्तरबमोजिम नरहेकाले कारबाही गरिएको जानकारी दिनुभयो । नारायणी सिमेन्ट उद्योग प्रालि बाराबाट उत्पादित सिमेन्ट नेपाल गुणस्तरबमोजिम नरहेको, नारायणी माइक्रो पाइप उद्योग प्रालिले गुणस्तरबमोजिम पाइप उत्पादन नगरेको, नवनेपाल प्लाष्टिक प्रालि रुपन्देहीले नेपाल गुणस्तर बिपरित सेतो दाना प्रयोग गरेको र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौँले नेपाल गुणस्तर चिह्न अनुचित प्रयोग गरेकाले विभागले कारबाही गरेको हो ।

जसमध्ये तीन उद्योगको इजाजतपत्र स्थगन गर्नुका साथै ओडट फुड एण्ड वेभरेज प्रालि काठमाडौँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !