२३ बैशाख २०८१, आइतबार

भारतीय दूतावासको विराटनगर कार्यालय बन्द


Indian Embassy

१६ साउन, काठमाडौँ । नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा आजदेखि बन्द भएका छन् ।

भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, जन्म÷मृत्यु पञ्जीकरण प्रमाणीकरणलगायत सेवा बन्द गरिएका हुन् ।

हालसम्म विराटनगर कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि आज अगष्ट १ देखि काठमाडौँस्थित भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका बेला सो कार्यालय बन्द गर्ने बारेमा सहमति भएको थियो ।

विसं २०६५ भदौमा कोशी बाँध भत्किएर आएको बाढीपछि भारतीय भूमिबाट गरिने यातायात सहजताका लागि सो कार्यालय स्थापना गरिएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !