२३ बैशाख २०८१, आइतबार

नागरिक अभिनन्दनमा आएको अभिव्यक्ति कुटनीतिक मर्यादाविपरीत : प्रम ओली


Kp oli

३० वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बाेधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा गरेको भाषण कुटनीतिक मर्यादाविपरीत भएको बताएका छन् ।

ओलीले भने,‘ नागरिक अभिनन्दनमा आएका अभिव्यक्ति राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादाको कसिमा कमजोर अनुपयुक्त भएको देखियो । त्यो अनुभवका कारणले पनि रहे होला ।’

तर, ओलीले सम्बोधनका क्रममा मुख्यमन्त्रीको नाम भने लिएनन् । प्रधानमन्त्री ओलीले त्यो परराष्ट्र सञ्चालन गर्ने नेपाल सरकारको त्यो नीति नभएको स्पष्ट पारे ।

परराष्ट्र सञ्चालनका क्रममा, नेपाल भारतका सम्बन्धका क्रममा नेपाल सरकारको त्यो नीति नभएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !