४ जेष्ठ २०८१, शुक्रबार

शिक्षामन्त्री पोखरेलद्वारा सम्पत्ति विवरण सार्वजनिक


Girirajmani Pokhrel

२९ चैत, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबारपत्रकार सम्मेलनमार्फत मन्त्री पोखरेलले एभरेष्ट बैंकमा रु तीन लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ रहेको उल्लेख गरेका छन् ।

उनले एभरेष्ट बैंकमा जम्मा भएको रकम मन्त्री, संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य हुँदा र नेपाल बंगलादेश बैंकको रकम जनएकता साप्ताहिकको सम्पादक÷प्रकाशक हुँदा बखतको आम्दानीको स्रोत भएको देखाएका छन् ।
यस्तै उनले खोटाङस्थित रुपाकोट सामुदायिक रेडियोमा रु पाँच हजारको शेयर भएकोसमेत जानकारी दिएका छन् ।

यस्तै मन्त्री पोखरेलले बुबा चन्द्रमणिको नाममा रहेको खोटाङस्थित रावाबेँसी गाउँपालिका–२ मा कित्ता नं २२५ को करीब २३ रोपनी अंशवण्डा नभएको पैतृक सम्पत्ति देखाएका छन् । उक्त पैतृक सम्पत्ति आमा कनककुमारी स्मृति प्रतिष्ठानलाई समेत प्रदान गरिएको उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !