२५ बैशाख २०८१, मंगलबार

एसईई परीक्षा आजबाट सुरू


SLC 072 File pic

८ चैत, काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार)बाट सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ ।

नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ। वेदविद्याश्रमतर्फका विद्यार्थीले भने अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा दिइरहेका छन् ।

यसपटक अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने भएकाले यस पटकको परीक्षा विशेष छ । १० वर्षपछि नयाँ पाठ्यक्रम लागू गर्दै गणित बाहेक सबै विषयमा प्रयोगात्मक परीक्षा लागू गरिएको हो ।

परीक्षामा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना र ६ महिना कैद वा दुवै सजायँ हुने शिक्षा ऐनमा व्यवस्था गरिएको छ ।

एसईईको नतिजा अघिल्ला वर्षजस्तै ग्रेड पद्दतीमै सार्वजनिक हुनेछ । उत्तीर्ण हुने परीक्षार्थीले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नेछन् । सरकारले हालै कक्षा ११ को पाठ्यक्रम परीमार्जनको निर्णय गरिसकेको छ ।

यस वर्षको एसईई परीक्षाका लागि ७७ वटै जिल्लामा १ हजार ९ सय ५६ केन्द्र तोकिएको छ ।

प्रदेश १ मा ८४ हजार २ सय ९०, प्रदेश २ मा ७० हजार ४ सय २, प्रदेश ३ मा सबैभन्दा बढी १ लाख ८२ हजार, प्रदेश ४ मा ४८ हजार ९ सय ५४, प्रदेश ५ मा ७९ हजार, कर्णाली प्रदेशमा ३८ हजार र प्रदेश ७ मा ५५ हजार परीक्षार्थी सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !