२४ बैशाख २०८१, सोमबार

भाेली ४२ जना सांसदले मातृभाषामा शपथ लिने


Decorating-Constituent-Assembly-building

१९ फागुन, काठमाण्डाै । भाेली हुने सांसदहरूकाे सपथमा प्रतिनिधीसभाका ३६ र राष्ट्रियसभामा ६ जना गरी जम्मा ४२ जना सांसदले मातृभाषामा सपथ लिने भएका छन् ।

सांसद सचिवालयकाे जानकारी अनुसार नेपाली भाषा बाहेकका भाषामा सपथ लिने सांसदले शुक्रबारसम्म निवेदन दिने समय ताेकिएकाेमा ४२ जनाले निवेदन दिएका हुन् ।
निवेदन अनुसार १७ सांसदले मैथिली भाषामा सपथ लिनेछन् । त्यस्तै हिन्दीमा ९, भाेजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २, तथा उर्दु , तामाङ्ग, नेवारी र अवधि भाषामा एक एक सांसदले सपथ लिने भएका छन् ।

नेपाली भाषामा सपथ लिने सांसदहरूले भने निवेदन दिनु नपर्ने सांसद सचिवालयले बताएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !