२३ बैशाख २०८१, आइतबार

शिक्षकको यातनावाट सहपाठी ‘आत्महत्या’ गर्ने बाध्य भएको भन्दै विद्यार्थीको प्रदर्शन


andolan-student-butwal

१३ फागुन, बुटवल । शिक्षकले अनावश्यक लान्छना लगाउँदा सहपाठी विद्यार्थीले ‘आत्महत्या’ गरेको भन्दै बुटवलको अक्सफोर्ड कलेजका विद्यार्थी न्याय माग्दै सडक उत्रिएका छन् । कक्षा १२ मा पढ्ने रुपन्देहीको सालझण्डी घर भएका विक्रम सापकोटाले शुक्रबार दिउँसो घरमै आत्महत्या गरेका थिए ।

शुक्रबार बिहान कलेज पढ्न आएका विक्रमलाई मदिरा खाएर आएको भन्दै कलेज प्रशासनले अभिभावकलाई खवर गरिदिएको थियो । ‘उसले मदिरा खाएकै थिएन, रगत चेक गर्नुसभन्दा पनि कलेजले वेवास्था गरी घरमा खबर गरिदियो, त्यही टर्चरले उसले आत्महत्या गर्‍यो, कलेजका एक सहपाठीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

कलेज नजिकैको क्यानटिनवाट निस्किएका विक्रम र उनका साथीलाई कलेज प्रशासनले मदिरा खाएको भन्दै हातपात गरेको विद्यार्थीको भनाई छ । कलेजले विगतमा पनि यस्ता घटना गर्दा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले घटनाको सही अनुसन्धान गर्न प्रशासनसँग माग गरेका छन् ।

शनिबार दिउँसो बुटवलमा प्रदर्शन गरेका उनीहरु आइतबार बिहानैदेखि फेरि प्रदर्शन गरेका छन् । कलेजले भने गलत क्रियाकलाप गरेको आशंकामा विक्रमलाई सामान्य ढंगले सम्झाएको बताएको छ । विद्यालयका प्राचार्य दिनेश भुसालले कलेजमा आएका विद्यार्थी बिहानै ४५ मिनेटसम्म कक्षा कोठामा नआएको र पछि कोठामा आउँदा विक्रसँगैका साथीले मादक पदार्थ सेवक गरी विद्यालयमा आएको बताए ।

मादक सेवन गरेका विद्यार्थीका अभिभावकलाई बोलाएर उनको जिम्मा लगाएको र विक्रमको परिबारलाई पनि फोनवाट गलत संगतमा छोरो लागेको जानाकारी मात्र गराएको उनले बताए । कलेज सकिसकेपछि कलेज बसमै घर पुगेका उनको पछि आत्महत्या गरेको खवर विद्यालयमा आएको प्राचार्य भुसालको भनाई छ ।-अन्नपुर्ण पोस्ट्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !