२३ बैशाख २०८१, आइतबार

रारामा हिउँ खेल्न आन्तरिक पर्यटकसंगै बाह्य पर्यटकको घुईचो


rara

२ फागुन, मुगु । माघको अन्तिममा हिउँ परेपछि रारामा हिउँ खेल्ने संख्यामा पनि उतिकै वृद्धि हुन थालेको छ । माघको अन्तिम तथा फागुनको सुरुमा भारी हिमपात भएपछि रारा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले रारामा हिउँसग खेल्न पाउनु निकै खुसिको कुरा भएको बताएका छन ।

गएको आईतबार बेलुका रारा ताल पुग्न एक घण्टा नजिकै छायानाथ रारा नगरपालिका वडा नम्बर ८ मा पर्ने सल्लेरी भन्ने स्थानमा पुगेका भारतको कानपुरका एक साईकिलिङका पारखी एक पर्यटकको परिवार भने भारी हिमपातका कारण सोमवार पनि सल्लेरीमा नै बसे ।

सल्लेरी देखि उनले ल्याएको जिप पनि नजाने र हिडेर पनि ताल छेउ पुग्न मुश्किल तथा मौसम पनि प्रतिकुल रहेकाले २ दिन सल्लेरीमा विताउनु परेको सञ्जय रायले बताए । उनले नेपालगञ्ज देखि रारा घुमेर भारतिय नाकासम्मका लागि १४ दिनको भारतिय नम्बर प्लेटको जिपको अनुमति ल्याएको भए पनि हिमपातका कारण अझै हप्ता दश दिन ढिलो हुन सक्ने उनले बताए ।-nagariknews


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !