१४ बैशाख २०८१, शुक्रबार

‘हेलिकोप्टर काण्ड’मा मुख्यमन्त्री राईकी पत्नी जाङ्मु इन शेर्पाले दिइन् यस्तो कडा प्रतिक्रिया


जाङ्मु इन शेर्पा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पत्नी जाङ्मु इन शेर्पासँग हेलिकप्टरमार्फत ससुराली घर जादा आलोचनाको पात्र बनेका छन्। मुख्यमन्त्री राईले हेलिकप्टरमार्फत श्रीमति र परिवारलाई ससुराली लगेका थिए । सरकारी पैसाको दुरुपयोग गर्दै हेलिकोप्टरमा ससुराली गएको आरोप लगाएपछि मुख्यमन्त्री पत्नी जाङ्मुले आक्रोश पोखेकी छन्।

फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पत्नी जाङ्मुले भनेकी छन्, “यो त अति नै भो ! झुटको खेतीमा रमाउने, सत्यको खोजी नगर्ने, अनि हावामा सबै दौडने ! हो म मेरो श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेरो माइती गाउँ गएको साँचो हो। मेरो श्रीमान पार्टीको औपचारिक कार्यक्रममा भाग लिन जानु भएको हो। तर अरुले भने जस्तो चारवटा हेलिकप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेर होइन। मेरो परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नो गाउँ जानु भयो तपाईको टाउको दुखाई किन?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !